मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न

मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न

गोकुलेश्वर । नेपाल विद्युत प्राधिकरण र दार्चुला पावर प्रा.लि. बीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्री सम्बन्धी सम्झौता(PPA) भएको छ।

सम्झौता पत्रमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक प्रदीपकुमार थिके र दार्चुला पावर सञ्चालक समितिका अध्यक्ष रामहरि बजगाईँ, सञ्चालकहरू कृष्ण रानाभाट, श्रीहरि आचार्य र प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

हाल निर्माणाधीन रहेको मध्य चमेलिया जलविद्युत आयोजना सम्झौता भएको तीन वर्षभित्रमा सञ्चालनमा आउने सञ्चालक श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।