भ्रष्टाचार मुद्दा लागेर भागेका बैतडीका दुई जना पक्राउ

गोकुलेश्वर । बैतडीमा भ्रष्टाचार मुद्दामा कैद सजाय र जरिवाना सुनाइएका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। ६ महिनाअघि सजाय सुनाइएका दुवै जनालाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छर
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोही पालिका–४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेका छन्।
प्रहरीका अनुसार उनीहरू दुवै जनालाई विस २०७६ मा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विशेष अदालतले कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको थियो।
अदालतको फैसलापछि दुवै जना फरार सूचीमा रहेकोमा ६ महिनापछि पक्राउ गरिएको प्रहरी जनाएको हो।