‘भाङो’ तस्करीको अड्डा बन्दै शैल्यशिखर, फेरि समातियो ४ किलो

‘भाङो’ तस्करीको अड्डा बन्दै शैल्यशिखर, फेरि समातियो ४ किलो

गोकुलेश्वर । शैल्यशिखर नगरपालिकाबाट फेरि ४ किलो १ सय ग्राम चरेस ‘भाङो’ समातिएको छ।

विशेष सूचनाको आधारमा मंगलबार राति साढे १ बजेतिर शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ४ किलो १ सय ग्राम चरेस र दुई जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ।

पक्राउ पर्नेमा मार्मा गाउँपालिका-१ घोल्जरका २० वर्षिय सहदेव ठगुन्ना र २८ वर्षिय विर्खसिंह ठगुन्ना रहेको प्रहरीले जनाएको छ।

गोकुलेश्वर बजारमा बिक्रीवितरण गर्ने उद्धेश्यले आएका उनीहरूको साथबाट नापतौल गर्न ढक तराजुपनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पछिल्लो पटक बैतडी र बझाङबाट चरेस ल्याएर भारतीयसीमा क्षेत्रमा पुगाउनका लागि शैल्यशिखर नगरपालिका तस्करीहरूको रूट बनिरहेको छ।

यस क्षेत्रबाट प्रहरीले समयसमयमा तस्करीहरूलाई पक्राउ समेत गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।