हाजिर भएको ९ दिनमै ‘टाप’ कसे डिलाशैनीका नयाँ हाकिम

हाजिर भएको ९ दिनमै ‘टाप’ कसे डिलाशैनीका नयाँ हाकिम

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाका हाकिमको सरूवा भएको छ।

गत असोज ८ गते गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यालयमा हाजिर भएका रंजय पटेलको सरूवा भएको छ। उनी आज(मङ्गलबार) हाजिर भएको नवौं दिनमा कार्यालयबाट बिदाई भएर गएका छन्।

नयाँ हाकिम पटेल गाउँपालिकामा हाजिरहुँदा उनलाई पालिका अध्यक्ष सन्तोष जोशीलगायत केही जनप्रतिनिधि र कर्मचारीहरूले ‘केक’ काटेर भव्य स्वागत गरेका थिए।

स्रोतका अनुसार पालिकामा कार्यपालिका सदस्यहरूबीच आन्तरिक विवादहुँदा हाकिमले बस्न नचाहेर सरूवा मागेको बताइएको छ। सो बारेमा हामीले हाकिम पटेलसँग सम्पर्क गर्दा उनको फोन उठेन।

तर, गाउँपालिलका अध्यक्ष जोशीले पटेलको मात्र नभइ बैतडीमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरूवा भएको बताए। उनले भने, ‘डिलाशैनीको मात्र नभइ बैतडीका अन्य पालिकामा पनि नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतहरूको सरूवा भएको हो।’

कार्यपालिका सदस्यहरूमा हाकिमको विषयलाई लिएर भएको विवाद विभिन्न सञ्चारमाध्यमहरूमा पनि प्रकाशित भएका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ पालिकामा पटेलसहित नयाँ हाकिमहरूलाई खटाएको थियो। तर, पटले भने हाजिर भएको नवौं दिनमा पालिकाबाट बिदाई भएर गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।