मालिकार्जुनमा भरूवा बन्दुकसहित एक जना पक्राउ

मालिकार्जुनमा भरूवा बन्दुकसहित एक जना पक्राउ

गोकुलेश्वर । मालिकार्जुन गाउँपालिका-७ पासादेउमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पासादेउ बस्ने ५८ वर्षीय केशरसिंह धामी एकनाले भरूवा बन्दुकसहित सोमबार साँझ पक्राउ परेका हुन्।

उनी एक थान भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनका अनुसार प्रहरीले विशेष सूचनाको आधारमा धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरिएको हो।

धामीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।