भट्ट पुर्चौडीका नयाँ हाकिम, अहिलेका हाकिम नेपाली लबिङ् गर्न काठमाडौं जाँदै !

गोकुलेश्वर । बैतडीको पुर्चौडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत जाने भएका छन्।
नयाँ प्रमुख प्रशासकीय अधिकृतकारुपमा बैतडीको दोगडाकेदार गाउँपालिका घरभई हाल रक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत भानुभक्त भट्ट पुर्चौडी नगरपालिका जाने भएका हुन्।
भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख १० गते पुर्चौडी सरुवा गरेको हो।
भट्टले केही दिनमा पुर्चौडी नगरपालिकामा हाजिर हुने तयारी गर्दा भने हालका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपाली अन्यत्र पालिकामा हाकिम भएर जानका लागि लबिङ् गर्न काठमाडौं आउने तयारी गरेका छन्।
स्रोतका अनुसार नेपाली सुदूरपश्चिमकै एक पालिकामा हाकिम भएर जाने तयारी गरेका छन्।