चिसापानी पुगेर बिदाई गरे सुदूरका मुख्यमन्त्री शाहले आफ्ना खेलाडी

चिसापानी पुगेर बिदाई गरे सुदूरका मुख्यमन्त्री शाहले आफ्ना खेलाडी

गोकुलेश्वर । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका खेलाडीहरुको बिदाई गरेका छन्।

मुख्यमन्त्री शाहले बुधबार सुदूरपश्चिमको सीमाना चिसापानी पुलमा पुग्दै आफ्ना खेलाडीहरुको बिदाई गरेका हुन्।

काठमाडौंमा हुन गइरहेको १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउन काठमाडौं जान लागेका खेलाडीहरुलाई सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानीमा पुगेर बिदाई गरेका हुन्।

मुख्यमन्त्री शाहले खेलाडीहरुलाई बिदाई गर्दै सशक्त प्रदर्शन गर्न र आफ्ना खेलाडीहरुको पक्षमा प्रदेश सरकार सदैव लागी रहने प्रतिक्रिया दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।