बैतडी : मालपोत हाकिमका द्विअर्थी कुरा ! भन्छन्, ‘अच्चमित भएको छुँ’

बैतडी : मालपोत हाकिमका द्विअर्थी कुरा ! भन्छन्, ‘अच्चमित भएको छुँ’

गोकुलेश्वर । बैतडीका मालपोत हाकिम कमलापति भट्टले चौलानी खबरमा ‘बैतडी : मालपोत हाकिमले जब भैँसी उठाए’ नामक प्रकाशित समाचारमा आफू अच्चमित भएको प्रतिक्रिया व्यक्त गरेका छन्।

समाचार प्रकाशित भएपछि चौलानी खबरलाई खण्डन पठाउँदै हाकिम भट्टले अच्चमित भएको भन्दै प्रतिक्रिया व्यक्त गरेका हुन्।

हाकिम भट्टले चौलानी खबरलाई पठाएको पत्रमा शिगास-१ का किसानको भैँसी उठाएको सरासर गलत र खेदपूर्ण रहेको उल्लेख गरेका छन्। तर, उनैले प्रेस काउन्सिलमा पठाएको पत्रमा मित लगाएको स्विकार गर्दै भैँसी नलगेको दाबी गरेका छन्।

उनले मित लगाएका रायो धामी भनिने रमेश धामीले भने भैँसी लगेको स्पष्ट पारेका छन्।

फरक-फरक ठाउँमा फरक-फरक कुरागर्दै हाकिम भट्टले आफैंलाई झन् संकित बनाउँदै द्विअर्थी कुरा गरिरहेको छन्।

सो समाचार चौलानी खबरले जनआस्थाबाट साभार गरेको थाहाँ पाएको बताउँदै हाकिम भट्टले समाचार चौलानी खबरले नहटाए कानूनी प्रकियामा जानेसमेत सम्पादकलाई फोनमार्फत चेतावनी दिएका थिए।

सोहि विषयमा प्रेस काउन्सिल नेपालले चौलानी खबरमा ‘बैतडी : मालपोत हाकिमले जब भैँसी उठाए’ नामक प्रकाशित समाचारमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिन निर्देशन दिएको थियो। सोही बमोजिम निवेदक कमलापति भट्टले चौलानी खबरमा पठाएको खण्डनपत्र जस्ताको त्यस्तै प्रकाशन गरेका छौं। अन्यथा सो समाचारको सम्बन्धमा खण्डन प्रकाशन गर्न कुनै आवश्यक थिएन।

गतवर्ष चैत्र २२ गते प्रकाशित जनआस्था साप्ताहिक पत्रिका र अनलाईन(janaaastha.com)मा बैशाख १ गते प्रकाशित उल्लेखित समाचार चौलानी खबरले स्रोत खुलाउँदै जनआस्थाबाट साभारभनि प्रकाशित गरेको थियो।

चौलानी खबरसमूहको समाचारमा उल्लेखित मालपोत हाकिम भट्टसँग केही आग्रह, पूर्वाग्रह र कुनै चिनजानको सम्बन्धपनि नरहेको जानकारी गराउँदछौं।-सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।