गोकुलेश्वरमा मालिकार्जुन हस्पिटल, विषेशज्ञ चिकित्सकीय सेवा दिने

गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा विषेशज्ञ चिकित्सकसहितको हस्पिटल सञ्चालनमा आएको छ। शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक विषेशज्ञ चिकित्सकसहितको मालिकार्जुन अस्पताल प्रालि सञ्चालनमा आएको हो।
अस्पतालले बिहीबारदेखि नि:शुल्क बहिरंग (ओपिडी.) सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अस्पतालको फागुन १८ गते औपचारिक उद्घाटन गरिने अस्पतालले जनाएको हो। उद्घाटन समारोहका अवसरमा सेवाग्राहीलाई विषेश छुटमा स्वास्थ्य सेवा दिने अस्पतालले जनाएको हो।
उद्घाटनको अवसरमा फागुन १८, १९ र २० गते अस्पतालमा वरिष्ठ रेडियोलोजिस्ट डा. अशोकराज पन्त, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. जगदीशचन्द्र बिष्ट, वरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट, डा. सुनिल बोकटीलगायतले सेवा प्रदान गर्नेछन्।
सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्धेश्यले मालिकार्जुन अस्पतालको स्थापना गरिएको हो।
दार्चुला, बैतडी, बझाङलगायतका जिल्लाका सेवाग्राहीको सहजताका लागि अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको बताइएको छ।