चौलानीमा बगेर एकजनाको मृत्यु

गोकुलेश्वर । चौलानी नदीमा बगेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी डिलाशैनी गाउँपालिका-५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए।
दार्चुलाको गोकुलेश्वरमा जारी गोकुलेश्वर मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका र उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताए।