दार्चुलामा करेन्ट लागेर टिपर चालकको मृत्यु

दार्चुलामा करेन्ट लागेर टिपर चालकको मृत्यु

गोकुलेश्वर । दार्चुलाको मार्मा गाउँपालिका-३ नलबगरमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टिपरको ढाला बिजुलीको तारमा लागेर सख्त घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिका चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
उपचारका लागि अस्पताल लैजाने बेला थापाको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

बिहान ९ बजे सडकमा माटो फिलिङ गर्ने क्रममा से १ क ११३० नम्बरको टिपरको पछाडि पट्टिको भागले बिजुलीको नांगो तारलाई छुँदा टिपर चालक थापा घाइते भएका थिए।

प्रहरीका अनुसार सहचालक मार्मा गाउँपालिका- ६ का अन्दाजी १९ वर्षीय प्रकाश सिंह ठगुन्ना घाइते भएका छन्। घाइते भएका सहचालकको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।