दार्चुलामा बडूको ‘ह्याट्रिक’, प्रदेशमा पनि गठबन्धनकै जित

दार्चुलामा बडूको ‘ह्याट्रिक’, प्रदेशमा पनि गठबन्धनकै जित

गोकुलेश्वर । दार्चुला कांग्रेसबाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका मन्त्री दिलेन्द्रप्रसाद बडूले तेस्रो पटक पनि चुनाव जितेका छन्। उनले आजैसम्पन्न भएको मतगणना अनुसार आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई २ हजार १ सय ३४ मतले पछि पार्दै चुनाव जितेका हुन्।

जिल्लाभरीबाट कुल खसेको ५६ हजार ६ सय ६३ मतमध्ये २८ हजार ५ सय १५ मत बडूको पक्षमा खसेको थियो भने २६ हजार ३ सय ८१ मत ठगुन्नाको पक्षमा खसेको थियो।

यस्तै दुई प्रदेश सभा क्षेत्र रहेको दार्चुलामा दुईटै क्षेत्रमा लोकतान्त्रिक बामगठबन्धनले जित निकालेको छ। प्रदेशसभा-१ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बनेका कांग्रेस नेता बिक्रम धामी विजयी भएका छन्। उनले आफ्ना प्रतिद्धन्द्धी एमालेका हरीदत्त जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले हराउँदै विजयी भएका हुन्।

धामीले १५ हजार १ सय २७ मत ल्याउँदा जोशीले १३ हजार ४ सय ५१ मत ल्याए।

त्यस्तै प्रदेश सभा-२ पनि लोकतान्त्रिक बामगठबन्धनकै उम्मेदवार माओवादीका नेता मानबहादुर धामी विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन्।

धामी २०७४ सालमा पनि प्रदेश सभा-२ बाट नै निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।