बडूलाई पछ्याउँदै ठगुन्ना अगाडि

बडूलाई पछ्याउँदै ठगुन्ना अगाडि

गोकुलेश्वर । दाचुलामा प्रतिनिधिसभा तर्फका उम्मेदवार रहेका नेकपा एमाले गणेश ठगुन्नाले अग्रता कायम गरेका छन्। उनले उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडूलाई २०७ मतान्तरले पछि पारेका छन्।

ठुगुन्नाले ९ हजार ९ सय ९५ मत ल्याउदा बडूले ९ हजार ७ सय ८८ मत ल्याएका छन्।

प्रतिनिधिसभातर्फ अपीहिमाल गाउँपालिका,  ब्यास गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मत गणना भइसकेको र मालिकार्जुन गाउँपालिका र दुँहु गाउँपालिकाको मतगणना भइरहेको छ।

यस्तै प्रदेशसभा-१ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिक्रम धामी विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी एमालेका हरीदत्त जोशीलाई १ हजार ६ सय ७६ ‍‍‍‍‍‍‍‍ मतान्तरले हराउँदै विजयी भएका हुन्।

धामीले १५ हजार १ सय २७ मत ल्याउँदा भने जोशीले १३ हजार ४ सय ५१ मत ल्याए।

यसअघि प्रदेश सभा-२ पनि मा लोकतान्त्रिक बाम गठबन्धनकै उम्मेदवार मानबहादुर धामी विजयी भएका थिए। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन्।

धामी २०७४ सालमा पनि प्रदेश सभा २ बाट नै निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।