दार्चुला : प्रदेशसभा २ मा गठबन्धनका धामी विजयी

दार्चुला : प्रदेशसभा २ मा गठबन्धनका धामी विजयी

गोकुलेश्वर । दार्चुलाको प्रदेश सभा-२ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मानबहादुर धामी विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन्।

धामी २०७४ सालमा पनि प्रदेश सभा २ बाट नै निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।