बडूको अग्रता कायमै, प्रदेश सभा-२ मा केही मतले एमाले अगाडि

बडूको अग्रता कायमै, प्रदेश सभा-२ मा केही मतले एमाले अगाडि

गोकुलेश्वर । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ। हालसम्म ८ हजार ८ सय ३२ मतको परिणाम आउँदा बडूको पक्षमा ४ हजार ५ सय १६ मत आएको छ। यस्तै उनका प्रतिद्धन्द्धि गणेश ठगुन्नाको ४ हजार ७४ मत आएको छ। बडू ठगुन्नाभन्दा ४ सय ४२ मतले अग्रता लिइरहेका छन्।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसका उम्मेदवार बिक्रम धामीले ५ हजार १ सय ६९ मत ल्याइ अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिद्धन्द्धि एमालेका हरीदत्त जोशीले ४ हजार ३ सय ९३ मत ल्याउदा स्वतन्त्रका श‌‌ंकर धामीले १७९ मत ल्याएका छन्।

तर प्रदेश सभा क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका उम्मेदवार केही मतले अगाडि छन्। एमालेका उम्मेदवार रामदत्त जोशी ६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्। यस्तै उनका निकटतम प्रतिद्धन्द्धि मानबहादुर धामीले ५ हजार ९ सय १६ मत प्राप्त गरेका छन्। उनीहरुबीच ८ सय २२ मतान्तरको फरक रहेको छ।

अझै धेरै मत गन्न बाँकी रहेकाले कसको जित हुन्छ भन्ने सुनिश्चितता भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।