बाजुरामा मतपत्र जलाइयो

बाजुरामा मतपत्र जलाइयो

बाजुरा । बाजुरामा मतपत्र जलाइएको छ। बाजुराको स्वामिकार्तिक फापर गाउँपालिकामा मतपत्र जलाइएको हो।

मतदान केन्द्रमा रहेको समानुपातिक तर्फको मतपत्रमा आगलागी भएको हो।

प्रदेशसभाको समानुपातिकतर्फ ‘क’ बुथमा ब्याले बक्स भित्रै मतपत्रमा आगो लगाइएको हो। स्वामिकार्तिक फापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायले ब्यालेटबक्समा आगो बलिसकेपछि मात्र देखिएको जानकारी दिए।

कसले आगो लगाएको भन्ने खुलेको छैन्। अहिले त्यहाँ मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।