व्याँस गाउँपालिका पूर्वअध्यक्षको मोटरसाइकलमा आगजनी

व्याँस गाउँपालिका पूर्वअध्यक्षको मोटरसाइकलमा आगजनी

गोकुलेश्वर । व्याँस गाउँपालिकाका निवर्तमान अध्यक्ष दिलिपसिंह बुढाथोकीको मोटरसाइकलमा आगजनी गरिएको छ।

व्याँस गाउँपालिका–४ दोकटस्थित हरेन्द्रसिंह विष्टको घर बाहिर पार्किङ गरिएको बागमती प्रदेश ०२०२७ प ८०५१ नम्बरको मोटरसाइकलमा शनिवार राति अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘आगजनी गर्नेहरुको परिचय खुलेको छैन,’ उनले भने, ‘त्यसबाहेक जिल्लामा अहिलेसम्म निर्वाचन प्रभावित पार्ने घटना भएका छैनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।