दार्चुलामा गोली चल्यो

दार्चुलामा गोली चल्यो

गोकुलेश्वर । दार्चुलामा प्रहरीले हवाइ फायर गरेको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका-५ आगरस्थित आगर माध्यमिक विद्धालयको मतदान केन्द्रमा मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको स्थानीयले बताएका छन्।

मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए।

मतदान गर्ने विषयमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत हुन थालेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको हो। अहिले स्थिती समान्य भएको छ भने तत्कालका लागि मतदान स्थगित गरिएको छ।

सो मतदान केन्द्रमा पुनः मतदान सुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बसीरहेको प्रहरी निरीक्षक शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।