मन्त्री बडूले गरे मतदान

मन्त्री बडूले गरे मतदान

गोकुलेश्वर । दार्चुलाबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्। उनले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–५ अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय परिसरको मतदानस्थलमा मतदान गरेका हुन्।

उनले अहिले बिहान ८: ५६ मा मतदान गरेका हुन्।

यस्तै प्रतिनिधिसभामा नेकपा एमालेबाट उम्मेदवार रहेका गणेशसिंह ठगुन्नाले पनि सोही मतदानस्थलबाट मतदान गर्नेछन्।

मन्त्री बडूको घर महाकाली नगरपालिका-५ को नमस्कार हो भने ठगुन्नाको घर सोहि वडाको किम्तडी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।