छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने

गोकुलेश्वर । दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ। व्यासका बासिन्दा चिसोको समयमा खलंगा झर्ने भएकाले मतदान सदरमुकाममै गराउन लागिएको हो।
छाङरुको मतदान केन्द्रमा ३८३ र तिंकरको केन्द्रमा २३४ जना मतदाता छन्। तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा र छाङरुका मतदाताले कैलाशपति आधारभूत विद्यालयमा मतदान गर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार अहिले चिसो छल्न अधिकांश छाङरु र तिंकरवासी जिल्ला सदरमुकाम झरिसकेकाले उनीहरूलाई खलंगाबाटै मतदानको व्यवस्था गरिएको हो ।