ओलीले उल्टै जनताहरुलाई प्रश्न गरेपछि (प्रश्नसहित)

ओलीले उल्टै जनताहरुलाई प्रश्न गरेपछि (प्रश्नसहित)

कैलाली । देशका केही ठूला दलहरु गठबन्धन गरेर चुनावी मैदानमा छन्। भने, केहीले केही क्षेत्रमा तालमेल गरेका छन् । अगामी मंसिर–४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि राजनीतिक दलहरु तीव्र रुपमा प्रचार प्रसारमा ब्यस्त छन् ।

विशेष गरी नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायत अन्य दलहरु गठबन्धन गरेर चुनावमा होमिएका छन्, भने नेकपा एमालेले पनि कतै विपी काँग्रेस र कतै राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतसँग तालमेल गरेर चुनावमा ब्यस्त छ ।

दार्चुलाबाट सुरु भएको सभा बैतडी र कञ्चनपुरमासमेत सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन दलका नेताहरुमाथि आक्रोश पोखेका छन् ।

यस्तै कञ्चनपुरको चुनावी सभामा पार्टीका शीर्ष नेता डा. भीम रावलको खोजी भएपछि भने ओली आक्रोशित मात्रै भएनन्, कि रावलमाथि नै खनिए ।

रावलमाथि ओलीका मुख्य प्रश्न यी हुन् !

१–भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो ?
२–बेकार किन भीम रावलको चिन्ता ?
३–अरुलाई पालो दिनुपर्दैन ?
४–एउटै भीम रावल, भीम रावल केको खेती गरिराख्या ? ६
५–के भीम रावल ?
६–को हुन् भीम रावल ?

थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’ भन्दै यस्तो प्रतिक्रिया दिएका थिए ।

एमाले अध्यक्ष ओलीको यो प्रतिक्रिया अहिले निकै चर्चामा छ । विशेष गरी रावलका कार्यकर्ता तथा एमालेको चुनावी सभामा रावललाई खोज्ने कार्यकर्ताको भीड पनि त्यत्तिकै छ । शुक्रबार भएको तीन सभामा रावल नदेखिएपछि कार्यकर्ताले चिन्ता व्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।