दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन : प्रधानमन्त्री देउवा

दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा आउँदैन : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा नआउने बताएका छन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो। बन्दुक ल्याउनुहोला। होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ।’

यस्तै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। उनले आफू पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।