एमालेको चुनावी आमसभामा कार्यकर्ता बोक्न महाकालीका गाडी प्रयोग

दार्चुला : शुक्रवार एमालेले देशब्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्यो । नेकपा एमाले दार्चुलाले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको चुनावी सभाको एमाले अध्यक्ष केपि शर्मा ओलिले सम्बोधन गरेका थिए । सोही सभामा सहभागी हुन गाउँ गाउँबाट एमाले कार्यकर्ता खलंगा आएका थिए । जिल्लाको महाकाली नगरपालिकाले आफ्ना गाडी प्रयोग गरि कार्यकर्ता ओहोरदोर गर्यो । बिहान केही कार्यकर्तालाई नगर बसले समेत खलंगा ओसार्यो । आमसभा सकिएपछी फेरि नगरपालिकाले फोहर फाल्ने टिप्पर प्रयोग गरि कार्यकर्ता बोक्न थाल्यो । त्यो गाडीमा एमालेका कार्यकर्ताले झण्डा र नाराबाजी गर्दै गन्तव्य तिर जाँदै थिए । यसरी कार्यकर्ता बोक्न नगरपालिकाले सरकारि गाडि प्रयोग गरेपछि सामाजिक सन्जालमा विभिन्न टिकाटिप्पणी भइ रहेको छ । अहिले नगरपालिकामा एमालेको सरकार छ ।