गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १०० जनाको मृत्यु

गुजरातको मोरबीमा झोलुङ्गे पुल भत्किँदा १०० जनाको मृत्यु

भारत । गुजरातको मोरबीमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो मच्छु नदीमा बनेको झोलुङ्गे पुल भत्किँदा कम्तीमा १०० जनाको ज्यान गएको छ।

संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुन: खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा उभिरहेका मानिसहरू मच्छु नदीमा खसेका थिए।

घटनाको समयमा पुलमा ५०० भन्दा बढी मानिस भएकाले मृतकको संख्या अझै बढ्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनामा परि एक सयभन्दा बढी घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्, उनीहरूको खोजी जारी छ।

सडक तथा भवन राज्यमन्त्री जगदीश पञ्चालले बेलायती जमानाको पुल ओभरलोडका कारण भत्किएको बताए।

मणि मन्दिर नजिकैको रहेको मोरबीको पुलमा जान पर्यटकलाई १७ रूपैयाँ भारू र बालबालिकाका लागि १२ रूपैयाँ भारूको टिकट लिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।