गाउँघरका फूलहरु ओझेल

गाउँघरका फूलहरु ओझेल

गोकुलेश्वर । तिहारको मुख्यदिन (भाईटीका) आउन २ दिन मात्र बाँकी छ । भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । तिहार नजिकिएसँगै गोकुलेश्वर बजारका पसलहरुमा समान किनबेच गर्नेहरुको भिड लागेको देख्न सकिन्छ ।

गाउँघरका फूल ओझेल परेका छन् भने बजारमा प्लास्टिक फूल मालामाल छन् । गाउँघरमा सयपत्री लगायतका फुलहरु फालाफाल पाईने भएतापनि बजारमा प्लाष्टिकका फुलहरु मालामाल हुने गरेका छन् । निजिकै आएको तिहारका लागि बढिजसो प्लाष्टिकका फूल किन्नेहरु बढि देखिन्छन् । तिहार फूलको पर्व हो । भाइटीकामा फूलको माला अनिवार्य हुन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । दशै मनाएर कर्मथलो गएकाहरु पनि तिहार नजिकिएसंगै धमाधम गाउँघर (जन्मथलो) फर्किरहेका छन् ।

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।

केही वर्ष पहिला तिहारका लागि दार्चुलाको गोकुलेश्वर बजारमा कपडा र प्लाष्टिकका फूलहरु किन्न ग्राहकहरु आउँदैनथे । अहिले यो बजारमा विभिन्न ठाउँबाट फूल किन्न आउनेहरुको भिड नै हुने गरेको स्थानिय ब्यवसायी कैलाश साउँदले सेतिकालीलाई बताए ।

दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् ।

प्लाष्टिकका फूलहरुले वातावरण प्रदुषण गरेको ठहर गर्दै यस्ता फूलहरु बिक्री वितरणमा सरकारले प्रतिबन्ध लगाएको छ । नष्ट नहुने तथा नकुहिने यस्ता फूलहरुले वातावरण प्रदुषण गरेको भन्दै मन्त्री स्तरीय निर्णय गरेर प्रतिबन्ध लगाइयो तर उक्त निर्णयको आवेज्ञा गरेको पाईएको छ ।

दीवाली वा दीपावली अर्थात “रोशनीको पर्व“ शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दिपावली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो ।

देशभर मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरि तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर र गाईआदिको पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार पर्वको मूल मर्म हो । दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरंजन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक आभाव नहोस भनि माताजीसँग प्रार्थना गरिन्छ ।

खुसी खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।