दार्चुलाको उल्लानीमा ट्रयाक्टर दुर्घटना, २ को मृत्यु

दार्चुलाको उल्लानीमा ट्रयाक्टर दुर्घटना, २ को मृत्यु

गोकुलेश्वर । दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ मा सुपप्र ०२ ००१ त १४६७ ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा शैल्यशिखर–५ बगौराका २३ वर्षीय सन्तोष डाँगा रहेका छन् । चालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

दुर्घटनामा शैल्यशिखर–५ कै २८ वर्षीय सुरेशसिंह डाँगा र सोही ठाउँका २८ वर्षकै श्यामसिंह डाँगा घाइते भएका हुन् ।

घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।