मल्टी ट्यालेन्टेड ब्यक्ती शाकाहारीमा अल्झिदा

मल्टी ट्यालेन्टेड ब्यक्ती शाकाहारीमा अल्झिदा

गोकुलेश्वर । स्कुल पढ्ने बेला रेडियो खुब सुनिन्थ्यो। त्यतिबेला दार्चुलाको रेडियो नयाँ नेपाल खुब मन पर्थ्यो र धेरै सुनिन्थ्यो। अहिले पनि फुर्सद हुँदा सुन्छु। त्यहिँ रेडियोमा बिहान साढे सात बजे एउटा कार्यक्रम आउँथ्यो – हाम्रो सरोकार । यो कार्यक्रमका सन्चालक हुन्थे शङ्कर सिंह धामी। खरो बोली र स्पस्ट वक्ता धामिको त्यो बहस कार्यक्रमको नियमीत स्रोता म पनि थिए।

यो भुमिका बाँधेर किन लेख्दै छु भने तिनै धामी दार्चुलाको प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र बाट उम्मेदवारी दर्ता गराएर चुनावी गतिविधिमा लागि परेका छन्। थुप्रै पहिचान र परिचय बोकेर यहाँ सम्म आइपुगेका धामी दार्चुलाकै मल्टी ट्यालेन्टेड ब्यक्तिको उपमा चिनिन्छन्। उनले पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा दुई कार्यकाल बिताएका छन् । त्यसका साथै विसं २०६५ सालमा स्थापित मिडिया विकास समाज नेपालको संस्थापक महासचिव र हाल कार्यकारी निर्देशक छन् । सोही संस्थाबाट संचालित रेडियो नयाँ नेपालका सस्थापक मध्ये प्रमुख पात्र पनि हुन्। यति मात्रै नभइ दार्चुलाको पहिलो पत्रिका कालापानी पोष्ट साप्ताहिक र पहिलो दैनिक पत्रिका दार्चुला सन्देश का संस्थापक पनि धामी नै हुन्। राष्ट्रियता र सार्वजनिक सरोकारका मुद्दामा कलम चलाउदै आएका धामी दार्चुलाका क्रियाशिल पत्रकारमा पर्छन्।

यो त भयो धामिको पृष्ठभुमि, अब बर्तमानमा केन्द्रित होऔँ है एकछिन् !

धामीले प्रदेश सभाका लागि १ क्षेत्रबाट उम्मेदवारी दर्ता गराए सङ्गै दार्चुलामा पनि स्वतन्त्रहरुको इन्ट्री भयो भन्ने जमातको कमि छैन्। जसले जे भनेपनी मेरो बिबेकले धामीलाई स्वतन्त्र मान्न सक्दैन। उसो त धामिको पृष्ठभुमि हेर्ने हो भने नेकपा एमालेसङ्ग जोडिएको देखिन्छ।पत्रकारितामा रहँदा प्रेस चौतारी नेपाल दार्चुलाको संस्थापक समेत धामी नै हुन् तथापी उनी अहिले सम्म कुनै पदमा भने बसेका थिएनन्। अहिले सम्म नेकपा एमाले निकट रहेका धामी एकाएक स्वतन्त्र हुनुमा प्रदेश सभाको टिकट बाँडफाँड को भुमिका रहेको देखिन्छ। पहिले उम्मेदवारीको कुनै सुइँको समेत नदिएका धामिको अप्रत्याशित मनोनयन दर्ताले पनि यो कुरा पुष्टि गर्छ। यदि धामीको स्वतन्त्र बाट उम्मेदवारी दिने इच्छा भए पहिले नै उम्मेदवारी घोषणा गरेर आफू तर्फ माहोल बनाउन केन्द्रित हुने थिए, यद्यपि उन्ले यसो नगरी एक्कासि उम्मेदवारी दिएको बुझिन्छ। मेरो भनाइ लाई पुष्टि गर्ने हिसाबको कुरा उनी आफैले उम्मेदवारी दर्ता पछिको पत्रकार सम्मेलनमा भनेका छन्। धामिले राजनितिक दलहरुले योग्य र सक्षम व्यक्तिलाई निरिह बनाउन थालेपछि स्वतन्त्रबाट उम्मेदवारी दिनुपरेको उल्लेख गरेका छन्।

यति सम्म त ठिकै थियो र छ अब कुरा गरौँ धामीका पछिल्ला केही गतिविधिका। अस्ति मात्रै उन्ले फेसबुकमा पोस्ट राख्छन्, त्यो पोस्टमा लेखिएको थियो ः हाम्रो प्रचारप्रसार अभियान भरी रक्सी र मासुको प्रयोग हुने छैन्। शुद्द शाकाहारी अभियान्ताहरु मात्रै प्रचारप्रसारमा खटिने छन्। जय मातृभुमी। उन्को यो पोस्टमा प्रायः सबैले सकारात्मक प्रतिक्रिया नै जनाएका छन्। अभियानभरी रक्सी चल्दैन भनेको भए त स्वागतयोग्य हुने थियो तर मांशाहारीलाइ नै नो इन्ट्री भनेका धामिको अभिब्यक्ती दुई अर्थे भएको छ। उन्को अभिव्यक्ति अनुसार शाकाहारी ब्यक्ती सबै राम्रा हुन्छन्। अर्को अर्थमा मांशाहारी सबै ब्यक्ती नराम्रा हुन्छन्। धामी कुनै ब्यक्तिगत काम गर्न लागेका पनि होइनन् उनी त चुनाव पो लड्दैछन् त। निर्वाचनका बेला जनतामाझ उनिहरु अनुरुप नै भएर जानू पर्ने हो, उनिहरुका भावना बुझ्नुपर्ने हो तर धामी भने उल्टै नियम बनाउँदै छन् मांशाहारी बाइ कट ।

नेताले जहिलेपनी जन भावना अनुरुप व्यवहार प्रदर्शन गर्नुपर्दछ। धामी अहिलेका लागि क्षेत्र नं १ का स्वतन्त्रका नेता नै हुन्। उन्ले शुरुमै नियम लाद्न मिल्दैन। धामी धर्ममा बिश्वास गर्लान त्यो आफ्नो ठाउँमा छ, तर धर्मकै नाममा यो ढोङ पचाउन नसक्ने म जस्ता युवा पनि त होलान् यो ठाउँमा। कति छन् त शाकाहारी अभियान्ता दार्चुलामा ? धामीलाइ समर्थन गर्न पनि धामी जस्तै बन्नुपर्ने त ? मांशाहारीलाइ प्रचार प्रसारमा सहभागी नगराउने भए भोट किन हाल्ने ? यी र यस्तै प्रश्न सबैको मनमा आउँछन् नै। त्यस्तो भन्नेले कि त भन्न सक्नुपर्यो मांसाहारी भोट चाहिँदैन्। धर्म र संस्कृती मान्नु पर्छ तर यति अन्धो पनि हुनु हुँदैन।

चुनावी खर्च व्यवस्थापन गर्न प्रत्येक मतदाता संग एक रुपैया, एक मिनेट समय र आर्शिवाद थाप्ने कुरा गर्ने अनि फेरि यस्ता दुई अर्थी पोस्टले धामिको अपरिपक्वता प्रदर्शन गर्छ भन्ने धामीलाइ हेक्का होस्। एक रुपैयाँ लिने तर मांशाहारी नलिने कस्तो मानसिकता हो धामिको खै ? कुरा मासुको मात्र होइन यहाँ उन्ले बोलेका शब्दको हो। बिहानिले दिउँसोको संकेत गर्छ भने झै यो राम्रो शुरवात भने पक्कै होइन।

यति लेखी सके पछि भन्छु, धामीको बिरोध गरेको होइन् , धामिकै क्षेत्रको मतदाता भएका हिसाबले चिन्ता प्रकट गरेको हुँ। जो बाट आशा गरिन्छ आलोचना पनि उसैको गरिन्छ। लाटो देशको गाँडो तन्नेरी उखान नबनुन् धामी। जुन मल्टी ट्यालेन्टेड ब्यक्तीको ट्याग भिरेका थिए यस्तै अपरिपक्व बोलिले ट्याग धमिलो बन्न बेर लाउँदैन। रबि शेखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।