मङ्सिर ४ गतेकाे चुनावका लागि उम्मेदवारकाे नामावली (विवरणसहित)

काठमाडौं । निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे नामावली प्रकाशन गरेकाे छ ।
हिजो साेमवार उम्मेदवारविरुद्ध परेका उजुरमाथि छानबिन गरी निर्वाचन आयाेगले आज मङ्गलवार नामावली प्रकाशन गरेकाे हाे । याे उम्मेदवारकाे अन्तिम नामावली भने हाेइन ।
यसैबीच टिकट वितरणमा स्वेच्छाचारी प्रवृत्तिविरुद्ध बागी उम्मेदवार उठेका छन् । आयाेगले भोलि बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ ।
त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। भाेलि दिउँसाे ४ देखि ५ बजेभित्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारकाे अन्तिम सङ्ख्या टुङ्गो लाग्ने छ ।