उत्तर कोरियाद्धारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्धारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ ।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो प्रक्षेपणको निन्दा गर्नुभएको छ । जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।