निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न, ६ सय पशुको बलि

गोकुलेश्वर । महासप्तमीका दिनदेखि शुरु भएको बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशुबलि सहित जात्रा आज भव्य रुपमा सम्पन्न भएको छ ।
राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गलाशैनी भगवती मन्दिरमा भाकल अनुसार मन्दिरमा ३ सय बढी राँगा र ३ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।