ओलीलाई देउवाले भने – परमादेशकै कारण सँगै काम गर्न पायौँ

ओलीलाई देउवाले भने – परमादेशकै कारण सँगै काम गर्न पायौँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।ओलीले सरकारलाई निरन्तर परमादेशी सरकार भन्दै आएपछि शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै त्यसको जवाफ फर्काएका हुन्।

देउवाले ओलीलाई लक्षित गर्दै भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताहरूले परमादेशको सरकार भन्नुहुन्छ। त्यही परमादेशको कारणले अहिले हाम्रो यहाँ भेट भएको छ। त्यही कारणले सँगै बसेको काम गर्न पाएको छौँ।’

उनले आफ्नो सरकार आएपछि परराष्ट्र सम्बन्धमा सुधार आएको दाबी गरे। निर्वाचन आयोगलाई मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पुर्ण समर्थन रहने प्रतिबद्धता समेत जाहेर गरे। संविधानको रक्षा गर्दै अहिलेको उपलब्धिको रक्षा गर्न सरकारको दायित्व भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।