पीपीएल क्रिकेट असोज ३ देखि, खेल तालिका सार्वजनिक

पीपीएल क्रिकेट असोज ३ देखि, खेल तालिका सार्वजनिक

गाेकुलेश्वर । बैतडीको पाटनमा सञ्चालन हुने दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुल्ला क्रिकेट प्रतियोगिता असोज ३ देखि सुरु हुने भएको छ। यसअघि असोज १ शनिबारदेखि सञ्चालन हुने भनिएको भनेपनि लगातार वर्षाका कारण दुई दिनपछि सारिएको आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ।

पाटन नगरपालिका ६ मा रहेको कृष्ण माविको खेलमैदानमा असोज ३ गते सुरु हुने प्रतियोगिता असोज १५ गते सम्पन्न हुने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए। उद्घाटन खेलमा असोज ३ गते धारिलो क्रिकेट क्लब र भुमेश्वर युवा क्लब प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने छन्। दुई समूहमा विभाजन गरी लिग चरणमा खेलाइने छ।

समूह ‘ए’ मा पाटन भ्याली क्रिकेट क्लब, कुलगडे क्रिकेट क्लब, बासुलिङ क्रिकेट क्लब, नव जागृति क्रिकेट क्लब, पाटन स्टार युवा क्लब, धारिलो क्रिकेट क्लब, गढी क्रिकेट क्लब, भुमेश्वर युवा क्लब, बीडीपीआई क्रिकेट टोली, त्रिपुरा त्रिकेट क्लब, थालिगडा क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब रहेका छन्।

त्यसैगरी समूह ‘बी’ मा पीसीसी पल्टन, नवदुर्गा क्रिकेट क्लब, जाडीकोट क्रिकेट क्लब, बाराकोट क्रिकेट क्लब, ग्वाल्लेक क्रिकेट क्लब, महामाया क्रिकेट क्लब, भूमिराज क्रिकेट क्लब, शिव शक्ति क्रिकेट क्लब, खोड्पे क्रिकेट क्लब, (केसीसी) रोयल किङ डडेल्धुरा, मेलौली क्रिकेट क्लब र शाहीलेक क्रिकेट क्लब रहेका छन्।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ नगदसहित प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कार स्वरुप ११ हजार १११ रुपैँया नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। ःउदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ। राउण्ड रोबिन लिगमा खेलाइने खेलमा लिग चरणका खेलहरु १५ ओभरमा खेलाइने छ भने क्वाटरफाइनलपछिका खेलहरु २० ओभरमा खेलाइने जनाइएको छ। प्रतियोगितालाई बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।