बैतडीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकाश दिने तयारी

बैतडीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकाश दिने तयारी

गोकुलेश्वर । बैतडीमा अध्यापन अनुमति पत्र लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ । बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने भएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको छ।

सोही गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको विषयमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन भनेको छ । हालै बसेको गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा विद्यालय व्यवस्थापन समितिहरुले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह महराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।