सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस

गाेकुलेश्वर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।

पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो ।

त्यस्तै प्रदेशसभा क र ख दुबै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन/तीन जना सिफारिस भएका छन् । प्रदेशसभा (क) का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन् ।

समानुपातिकमा प्रदेशसभा क तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ । प्रदेशसभा ख तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।