म मन्त्री भएपछि ३०९ वटा उद्योग खुले, २८ हजार बढीले रोजगारी पाए : मन्त्री बडू

म मन्त्री भएपछि ३०९ वटा उद्योग खुले, २८ हजार बढीले रोजगारी पाए : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले चाडवाडमा बेला हुनसक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न प्रभावकारीरुपमा बजार अनुगमन गर्ने बताएका छन्।

मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामबारे जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाउने बताए।

उनले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारभन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यवृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने बताए। उनले पेट्रोलियम पदार्थको आयातका लागि पाइपलाइन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीतिलगायतका योजनाहरु सार्वजनिक गरे।

त्यस्तै उनले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको बताए। रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उनको भनाइ छ।

मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताए।

उनले नेपाल गुणस्तर परिषद्बाट १२ वटा विभिन्न प्रकारका ग्याससम्बन्धी र ३ वटा पाइपसम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको र थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।