ट्रक किन्ने भन्दै जंगलमा लगेर हत्या

ट्रक किन्ने भन्दै जंगलमा लगेर हत्या

अर्घाखाँची। ट्रक किन्ने भन्दै एक जनाले आफ्नै साथीको हत्या गरेका छन्। पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ६ पांग्रे ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ।

गौतमले बुटवलमा पाण्डेसँग १६ लाख रुपैयाँमा ट्रक किन्ने सहमति भएको थियो। त्यसपछि गौतमले साउन ९ गते अर्घाखाँची पोखराथोक घरमा गएर पैसा बुझाउने भन्दै पाण्डेलाई फकाएर ल्याएका थिए। बेलुकासँगै घरमा खाना खुवाएर रातिसँगै बसे।

अर्को दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउँमा लगेर गौतमले पछाडिबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए। दुई/तीन पटक हिर्काएर प्राण त्यागेका पाण्डेलाई भीरबाट धकेलिदिएर गौतम भागेका थिए। पाण्डेको टाउकोमा चोट लागेको अवस्थामा जंगलमा भेटिएको उनले बताए। शवलाई परीक्षणका लागि बुटवल पठाइएको छ।

साथीको हत्या गरी फरार रहेका गौतमलाई प्रहरीले नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिसकेको छ।

पाण्डे हराएपछि उनकी छोरी शिला पाण्डेले बुटवल प्रहरीमा खोजतलास गरिदिन निवेदन दिएकी थिइन्। अर्घाखाँची पाणिनिबाट पाण्डे हराएको सूचनाका आधारमा प्रहरीले त्यसतर्फ खोजी गर्दा आइतबार जंगलमा शव भेटाएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *