प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा संग भेट गरेका  छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट भएको हो । प्रधानमन्त्री देउवाले ट्वीट गरेर भेटवार्तामा नेपाल–अमेरिका मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन्

प्रधानमन्त्री देउवासँग भेट्नुअघि लुले परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको छ । उनिहरूबीच सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

खड्कासँगको भेटवार्तामा विकास सहयोग, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड–१९ विरुद्धको खोप लगायतका विभिन्न क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण तथा मध्य एसिया मामिलाको सहायक विदेश मन्त्री लु तीन दिने भ्रमणका लागि हिजो बिहीवार बेलुकी नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *