क्यानडाको प्रमुख प्रशिक्षक पुबुदु दाशानायके

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
नेपाली टिमबाट राजीनामा दिएको केही बेरपछि नै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले सार्वजनिक गरेको हो ।