मन्दिर र चौतारामा फोहोर विसर्जन : सेनाद्वारा सरसफाइ र रङ्गरोगन, नगरले फोहोर उठायो

मन्दिर र चौतारामा फोहोर विसर्जन : सेनाद्वारा सरसफाइ र रङ्गरोगन, नगरले फोहोर उठायो

दार्चुला : करिब महिना दिनदेखि महाकाली नगरपालिका–४ तिंकरखेडास्थित पिपलचौतारा र संगै रहेको मन्दिरमा फालिएको फोहोर उठेको छ । आइतवार नगरपालिकाले होटल तथा बियरबार व्यसायीहरुले जथाभावी फालेको फोहोर उठाएको हो । यस सम्बन्धी शनिवार चौलानी खबरले समाचार प्रकाशित गरेको थियो । यसैबीच उक्त क्षेत्रको फोहोर व्यवस्थापनमा नेपाली सेनाले समेत अग्रसरता देखाएको छ । सोमवार गुरुगोरख गुल्म दार्चुलाले चौतारा र मन्दिर परिसरमा सरसफाई गर्नुका साथै मन्दिरमा रङ्गरोगन गरेको छ । नेपाली सेनाले गरेको यो कार्यको सबैले प्रशंसा गरेका छन् । सुन्दर, स्वच्छ नगरको संकल्पसहित निर्माण गरिएको तिंकरखेडास्थितको चौतारा र मन्दिरमा स्थानीय होटल व्यवसायी तथा बियरबार संचालकहरुले फोहोर थुपार्ने गरेका छन् । नगरपालिकाका विभिन्न ठाउँमा स्थानीयहरुले जथाभावी फोहोर फाल्दा नगर दुर्गन्धित र कुरुप बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।