दार्चुला : कांग्रेस उपसभापति रहेका ठगुन्ना माओवादीमै फर्किए

काठमाडौं । नेपाली कांग्रेस दार्चुलाका जिल्ला उपसभापतिसमेत रहेका ललितसिंह ठगुन्ना ‘प्रविण’ आफ्नो पुरानै पार्टी नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।
उनीलाई बुधबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका हुन्।
२०७० प्रतिनिधिसभाको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका ठगुन्ना पराजित भएका थिए।