८ औँ अन्तराष्ट्रिय योग दिवस : योगाभ्यास तथा फलफूल वितरण गरि मनाइयो

दार्चुला : मानवका लागि योग भन्ने नारासहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस दार्चुलामा पनि मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुला तथा महाकाली नगरपालिकाको आयोजनामा जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उद्घाटन गर्नुभएको हो । दिवसको अवसरमा बिहान सदरमुकाम खलंगामा योगाभ्यास गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कार्यालय प्रमुख रंगलाल महतले जानकारी दिए ।
योग दिवसको अवसर पारेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जिल्ला अस्पतालमा भर्ना भएका विरामीलाई फलफूल वितरण गरेको छ । बिहान योगाभ्याससहित कार्यक्रमको आयोजना गरेको कार्यालयले दिउँसो बिरामीलाई फलफूल वितरण गरेको महतले बताए । यस्तै महेन्द्र नमुना माविका छात्रावासका विद्यार्थीहरुलाई स्वास्थ्य परामर्श दिनुका साथै फलफूल, च्यवनप्रास तथा दन्तमन्जनलगायत सामाग्री वितरण गरेको छ । योगका आसनहरु प्रदर्शन गरेर आज योग दिवस मनाइएको थियो ।