पन्ज्युनयाँबाट गोकुलेश्वर आउँदै गरेको जिप दुर्घटना हुँदा दुईजना घाइते

गोकुलेश्वर । पञ्ज्युनयाँबाट गोकुलेश्वर जाँदै गरेको जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका-६ को पन्ज्युनयाँमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। से १ ज १०८७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका जिप साहु ३२ बर्षीय हरीदत्त जोशी र जिप चालक २५ वर्षी भुवन बिष्ट रहेको प्रहरीले जनाएको छ। जिपमा दुई जना मात्रै सवार रहेको बताइएको छ।
घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।