दैनिक उपभोग्य सामानको सहज आयातका लागि उद्योग वाणिज्य संघको माग

दैनिक उपभोग्य सामानको सहज आयातका लागि उद्योग वाणिज्य संघको माग

दार्चुला :   भारतबाट नेपाल आयात हुने दैनिक उपभोग्य समानमा सहज आपूर्तिका लागि दार्चुला उद्योग वाणिज्य संघले माग गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ज्ञापन पत्र बुझाउँदै पछिल्लो समय भन्सारमा व्यापारीहरुका लागि सामान आयातमा असहज परिस्थिति सृजना भएकाले त्यसको सहजीकरणका लागि माग गरेको हो । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनमा भन्सार कार्यालय दार्चुलालाई वोद्धार्थ गरिएको छ ।

व्यापारीहरुले सामान आयातमा असहज परिस्थिति भएको गुनासो गरेकाले त्यसको सहज वातावरण बनाउनको लागि ज्ञापन पत्र बुझाइएको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापाले बताए । उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिह थापा र महासचिव सर्पराज बडूद्धारा हस्ताक्षरित ज्ञापनमा भनिएको छ, “नेपाल सरकारको नीति, नियम र आम उपभोक्ता तथा साना मझौलास्तरका व्यापारीहरुको दैनिक उपभोग्य वस्तु माथिको उपभोग गर्ने अधिकारलाई मध्यनजर गर्दै दैनिक उपभोग्य समानहरु दाल, चामल चिनी, सागपात, फलफूल लगायतका सामान आयातमा सहजीकरणका लागि पटक पटक आग्रह गर्दा पनि सहज वातावरण नभए व्यापारीहरुले आगामी दिनमा देखाउने प्रतिक्रियाले हुन जाने क्षतिको उद्योग वाणिज्य संघ जिम्मेवार नरहने जनाउँदछौ,” । शुक्रवार मात्रै खलंगाका व्यापारीहरुले भन्सार शूल्कमा एकरुपता नभएको भन्दै भीडसहित प्रशासनसम्म पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।