दार्चुलाका यी व्यक्ती : कीर्ते कागजात तयार पारी ७ करोडको जग्गा कुमल्याएपछि…

गोकुलेश्वर । विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने र कहिलेकाँही मात्र नेपाल आउने गरेका शान्तादेवी लोहनी परिवारसहित जापानमै बस्ने गर्थिन्।
उनले २०६१ साल फागुन १३ गते किर्तिपुर नगरपालिका-२ मा कित्ता नम्बर ३४४ रहेको ३६१.९५ वर्गमिटर क्षेत्रफल भएको जमिन खरिद गरेर फेरि जापान उडिन्।
जापान उडेपछि जग्गापासका लागि भन्दै यही वर्ष जेठ ५ गते नेपाल आइन् र १३ गते मालपोत कार्यालय कलंकी गई सक्कली लालपुर्जा देखाइ बायोमेट्रीक प्रणालीमार्फत अभिलेख गर्ने क्रममा मालपोत कार्यालयमा उनको मृत्यु भइ उनका श्रीमान तारानिधी लोहनीको नाममा जग्गा गएको र श्रीमानको नाममा गएको जग्गा पनि सुनिता कर्माचार्यको नाममा गएको देखियो।
जग्गाधनी शान्तादेवीको २०७७ भदौं १३ गते कालगतिले मृत्यु भएको र उनको शेषपछिको हकवाला उनको श्रीमान तारानिधी लोहनी हुँ भनि शान्तादेवकी कीर्ते मृत्युदर्ताको प्रमाणपत्र, नाताप्रमाणितको प्रमाणपत्र, तारानिधी लोहनी नामको नक्कली नागरिकतालगायतका अन्य आवश्यक कागजपत्र बनाइ सोही जग्गा भक्तपुर नगरपालिका-११ बस्ने सुनिता कर्माचार्यलाई तीन करोड सत्तरी लाखमा बेचिएको चाल पाइन् जब उनले प्रहरीमा निवेदन दिइन्।
उनले यही असार १ गते जाहेरी दरखास्तसहित केन्द्रीय अनुसन्धान ब्यूरो पुगिन्। ततपश्चात प्रहरीले अनुसन्धान थाल्दाँ सो तथ्य खुल्नुका साथै सो कार्यमा संलग्न ५ जना पनि पक्राउ परे।
सोही कार्यमा पक्राउ परेका दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ घर भइ हाल काठमाडौं टोखा बस्दै आएका ५६ वर्षिय महावीर चन्दले जग्गाको कारोबार गर्न जिल्ला प्रशासन कार्यालय लमजुङ्को ४२५६/४०७ नम्बरको किर्ते नागरिकतामा तारानिधी लोहनी नाम राखेर प्रयोग गरेका थिए।
त्यस्तै अन्य पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुर बस्दै गणेशबहादुर खनाल, सोलखुम्बु घर भइ हाल काठमाडौं बस्दै आएका बाबुराम कार्की, नुवाकोट घर भइ हाल काठमाडौं बस्दै आएका प्रेमप्रसाद खनाल र काठमाडौंकी डासी माया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट नक्कली नेपाली नागरिकता, जग्गाधनी प्रमाण पुर्जालगायत अन्य कागजपत्रहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ।