सर्मोली स्वास्थ्य चौकी गराडीमा खानेपानीको अभाव

सर्मोली स्वास्थ्य चौकी गराडीमा खानेपानीको अभाव

गोकुलेश्वर । लेकम गाउँपालिका-२ गराडीस्थित सर्मोली स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएको छ।

बर्थिङ्ग सेन्टर र ल्याबसमेत सञ्चालनमा रहेको स्वास्थ्य चौकीमा खानेपानीको चरम अभावले गर्दा स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवाहरुमा असहजता उत्पन्न भएको हो।

कौवाटा खानेपानी आयोजनाबाट एकपटक स्वास्थ्य चौकी लाभान्वित भएतापनि हाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव रहेको स्वास्थ्य चौकी इन्चार्ज हर्कबहादुर पालले बताए। एकपटक निर्माण सम्पन्न भई सञ्चालनमा रहेको खानेपानी आयोजनाको मुहान स्वास्थ्य चौकीभन्दा टाढा रहेको र पाइपलाईन बिच्छ्याइएको ठाउँहरु भिरपाखा भएकाले खानेपानी आयोजनामा पटकपटक समस्या सिर्जना हुने गरेको उनले बताए।

मानव स्वास्थ्य जस्तो महत्वपूर्ण संवेदनशील र सरसफाइ राख्नुपर्ने ठाउँमा शुद्ध खानेपानीको अभाव हुँदा दैनिक कार्य सञ्चालनमा अप्ठ्यारो भएको सरसफाईकर्मी मञ्जु कार्कीले बताए।

खानेपानीका समाधानका लागि छिट्टै पहल चालिने वडा नम्बर २ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।