दार्चुला बहुमुखी क्याम्पसले दियो १० दिन गर्मी बिदा

दार्चुला बहुमुखी क्याम्पसले दियो १० दिन गर्मी बिदा

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। पछिल्लो समय गर्मी अत्यधिक बढेको हुँदा क्याम्पसले १० दिन गर्मी बिदा दिएको हो।

सोमबार क्याम्पस प्रमुख कृष्णसिंह साउँदद्धारा हस्ताक्षरित सूचनामा असार १ गतेदेखि १० गतेसम्म गर्मी बिदा दिइएको जनाइएको छ। बिदा अवधिभर शिक्षण कार्य बन्द रहने तथा प्रशासनिक कामकाज भने जारी रहने उल्लेख छ।  यस्तै क्याम्पस असार १२ गते बिहान ६ बजेबाट नियमित संचालनमा आउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *