नौगाडका कमल व्याँस–१ कुन्तिसाउमा मृत फेला

नौगाडका कमल व्याँस–१ कुन्तिसाउमा मृत फेला

दार्चुला : व्याँस गाउँपालिका–१ कुन्तिसाउमा एक युवक मृत भेट्टिएका छन् । जिल्लाको नौगाड गाउँपालिका–६ का अन्दाजी २५ वर्षीय कमल सिंह ठगुन्ना मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्ना बाख्रा चराउनका लागि व्याँस गाउँपालिका–१ कुन्तिसाउको जंगलमा गत चैत महिनातिर गएका थिए । जेठ २० गते हराएका ठगुन्ना जेठ २१ गते ९शनिवार० खोजी गर्दै जादा जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली गएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । ठगुन्ना भेडा÷बाख्रा पालक कृषक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *