दुहुँमा निर्वाचन अधिकृत बुद्धिलालको ‘बुद्धि’ले काम नगर्दा…

दुहुँमा निर्वाचन अधिकृत बुद्धिलालको ‘बुद्धि’ले काम नगर्दा…

गोकुलेश्वर । स्थानीय तह निर्वाचनमा दार्चुलाको दुहुँ गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा खटिएका बुद्धिलाल श्रेष्ठले सार्वजनिक कार्यक्रममा बुद्धि पुर्याएर बोल्न नजान्दा स्थानीय माझ माफी माग्नु परेको छ।

सोमबार गाउँकार्यपालिका गठन पश्चात गाउँपालिकाको केन्द्र हिकिलामा आयोजित कार्यपालिका सदस्यलाई बधाई तथा शुभकामना दिने क्रममा निर्वाचन अधिकृत श्रेष्ठले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले कुनै किसिमको विकास निर्माणको काम गर्न नसकेको आरोप लगाएका थिए।

गाउँपालिकामा हालसम्म भएका विकास निर्माणका कामहरु प्रदेश र संघ सरकारको बजेटबाट मात्रै भएको देखिएको र गाउँपालिकाको बजेटबाट कार्यकर्ता मात्रै भर्ना गरेको देखिएको भनेका थिए। निर्वाचन अधिकृत श्रेष्ठले सार्वजनिक कार्यक्रममा स्थानीय जनतालाई भडकाउने र यसअघिका जनप्रतिनिधिले गरेका कामलाई निरुत्साहित गर्ने मनोप्रवृति प्रस्तुत गरेका थिए।

त्यसलगत्तै जम्मा भएका स्थानीय र जनप्रतिनिधिहरुले नामले बुद्धि र कामले बुद्धि नभएको व्यक्ति दर्शाउने निर्वाचन अधिकृत श्रेष्ठलाई कान समातेर उठबस गराएका थिए। यता निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठलाई उक्त घट्नाको बारेमा बुझ्दा उनले आफूबाट गल्ती भएको स्वीकारेका छन्।

आफूले बोल्न नजान्दा स्थानीयहरु आक्रोशित भएको तथा माफि माग्नु परेको उनले बताए। श्रेष्ठले सार्वजनिक कार्यक्रममा बोलेको छोटो भिडियो र माफि मागेको बारेमा भएको फोन संवाद चौलानी खबरसंग सुरक्षित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *