शैल्यशिखरको पहिलो कार्यपालिका बैठक : नगरपालिका भवनदेखि बसपार्क निर्माणसम्म

शैल्यशिखरको पहिलो कार्यपालिका बैठक : नगरपालिका भवनदेखि बसपार्क निर्माणसम्म

गोकुलेश्वर। शैल्यशिखर नगरपालिकाको आज बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाको विकासका लागि विभिन्न निर्णय गरेको छ।

नगरपालिका भवन गोकुलेश्वरमा बसेको बैठकले २ वर्षभित्र नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने र गोकुलेश्वर बसपार्क निर्माणका सार्वजनिक सूचना टाँसी १५ दिनभित्र जग्गा माग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भरत खडायतले चौलानी खबरलाई बताए।

यस्तै कार्यपालिकाले ५ ओटा विकास समिति पनि गठन गरेको छ। गठन गरेको विकास समितिमा सामाजिक विकास समिति, आर्थिक विकास समिति, मानव संशोधन विकास समिति, पूर्वाधार विकास समिति र वातावरण तथा विपद् व्‍यवस्थापन विकास समिति रहेको प्रवक्ता खडायतले जानकारी दिए।

नगरपालिकाभरि उज्यालो शैल्यशिखर अभियान, वडा रहेको ठाउँमा सडक पुर्याउने, गोकुलेश्वर अस्पताललाई प्रदेश अन्तर्गत हस्तान्तरका लागि पहल गर्ने, समाजिक सुरक्षा भत्ता वडा सदरमुकामबाट वितरण गर्न बैंकसंग सम्झौता गर्ने, सरसफाइका लागि डम्पिङ् साइड निर्माण गर्ने लगायतका विभिन्न निर्णय गरेको प्रवक्ता खडायतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *