मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

दार्चुला :   पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले माग गरेको छ । मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको भन्दै राप्रपाका जिल्ला अध्यक्ष इन्द्रा बोहरा, उपाध्यक्ष चक्र बहादुर बम, कृष्ण बहादुर कुँवर, प्रवत्ता नरेन्द्र सिंह धामीलगायतका नेताहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन बुझाएको हो । बुधवार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा सरकारको हचुवा कदमबाट नेपाली जनताले भार थेग्नै नसकिने भएको मूल्यवृद्धिलाई तुरुन्त फिर्ता गरियोस् भनिएको छ । यस्तै मूल्यवृद्धि फिर्ता नभएमा आगामी दिनमा पार्टीले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्ने जनाइएको छ । आइतबार साँझ पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको थियो । जसअनुसार पेट्रोल लिटरको १ सय ८० रुपैयाँ पुगेको छ । ग्याँसमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएर १८ सय पु¥याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *